राेल्पामा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइयो

राेल्पा । अन्तराष्ट्रिय किशोरी तथा बालिका दिबस रोल्पामा पनि एक कार्यक्रम साथ मनाइएको छ । बाल बिबाहमा बिशोरीको भुमिका बिषयक निबन्ध प्रतियोगिताको आयोजना गरी तारा माध्यमिक विद्यालय रोल्पा नगरपालिका वडा न. १ बामरुकमा मनाइएको छ ।

तारा माध्यमिक विद्यालय बामरुकको आयोजना, यू.एन.एफ.पिए.को सहयोग र सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलबस्तुको समन्वयमा दिबस मनाइएको बिद्यालयले जानकारी दिएको छ ।

बिद्यालयमा कक्षा ६ देखि माथि कक्षा १० सम्मका बिद्यार्थि छात्र, छात्राहरुले निबन्ध प्रतियोगितामा भाग लिएका थिए । जसमा प्रथम कक्षा ९ मा अध्यनरत छात्र पुरन घर्ति मगर, द्धितिय कक्षा ८ मा अध्यनरत छात्रा कमला कंवर , तृतीय कक्षा ९ मा अध्यनरत छात्रा शान्ती पुन मगर र सान्तवना कक्षा १० मा अध्यनरत छात्रा बिनिता कवंर भएका थिए ।

निबन्ध प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने छात्र, छात्राहरुलाई बिद्यालयका प्रध्यानाध्यापक ओबिलाल महराले नगद पुरस्कार प्रदान गर्नु भएको थियो । निबन्ध प्रतियोगिताको निर्णायक रुपमा बिद्यालयका शिक्षक कृष्ण बहादुर घर्ति र लक्ष्मण डाँगी रहनु भएको थियो ।

त्यस्तै हाजीरी जवाफ प्रतियोगीतामा रोल्पा नगरपालीका २ रेउघाका सागर घर्तिमगर रीया घर्तिमगर, देवराज खड्का, रमित योगीको समुह प्रथम हुनु भएको हो भने प्रियतम रावत, संगीता घर्तिमगर, सचिन परियार, रविन परियारको समुह द्धितिय स्थान हासील गरेका हुन् ।

त्यस्तै सलिना घर्तिमगर, रिया पुनमगर, सलिना खड्का गुमान बुढाको समुह तितृया भएको हो भने प्रमिसा पुन, केशव पुन, र तृष्णा घर्ति, सोनि घर्तिको समुह सान्वना भएको जनाइएको छ । चित्रलेखन प्रतियोगीतामा प्रथम सन्दीप वली, द्धितृय निमेश घर्ति, तितृय झयन्द्र विक र सान्त्वना दर्शण बुढा हुनुभएको हो । दिबसको सहजिकरण दिलकुमारी बुढा मगरले गर्नु भएको थियो ।

त्यस्तै अन्तर्राष्ट्रिय बालिका दिवस २०७८ को अवसरमा पिताराज आधारभुत विद्यालय, रेउघाको आयोजना तथा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको सहयोगमा हाजिरि जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता कार्यक्रमको सञ्चालन गरियो । सोहि अवसरमा ७५ जना किशोर किशोरी हरूलाइ बाल विवाह, परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, किशोरकिशोरीको योन तथा प्रजनन् स्वास्थ्य तथा लैङ्गिक हिंसा सम्बन्धमा जिल्ला अस्पतालकि मिना कँवरले अभिमुखिकरण गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालयको प्रधानाध्यापक लिला आचार्य गर्नु भएको थियो भने कार्यक्रममा युएनएफपीएका जिल्ला अधिकृत केदार राना र जिल्ला समन्वय समितिका सिताराम बुढाथोकीले बालिकाहरूको समग्र विकास, सुरक्षा, स्वास्थ्यमा सहज पहुँच हुने सके समाज रूपान्तरणमा टेवा पुग्ने बताउनु भएको थियो ।

अहिलेको पिढी डिजिटल युगमा प्रवेश गरेकोले सामाजिक सञ्जाल लगायतको पहुँच सहज र स्वस्थ रूपमा उपयोग गर्न सके उपलब्धिमुलक हुने कुरामा जोड दिनुभयो । हाजीरी जवाफ र चित्रकला प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सहभागिहरू समेत गरी ३३ जनालाइ विभिन्न स्टेशनरी सामाग्री र पुरस्कृत प्रदान गरिएको बिद्यालयले जानकारी दिएको छ ।