नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) द्वारा माघ १० गते नेपाल बन्द आह्वान ।

माघ ०६,रोल्पा । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा माघ १० गते नेपाल बन्दको आह्वान गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र वास्तोला (कञ्चन) लगायतका नेता कार्यकर्ताहरुको गिरफ्तारी विरुद्ध पार्टी केन्द्रले घोषणा गरेको माघ १०गतेको नेपाल बन्द लगायत संघर्षको कार्यक्रमलाई रोल्पामा पूर्णरूपमा सहयोग गरि सफल पारिदिनु हुन शिक्षक,विद्यार्थी ,कर्मचारी ,पत्रकार ,वकिल ,वुद्धिजीवी,व्यापारी ,यातायात व्यवसायी लगायत आम रोल्पालीहरूमा अनुरोध गरिएको छ ।
पार्टी इन्चार्ज मानव तथा सेक्रेटरी बिस्फोटद्वारा हस्ताक्षरित बिज्ञप्तिमा एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनार्थ गर्दै आएको स्वऐच्छिक आर्थिक सहयोग अर्को निर्णय नहुदा सम्मको लागि रोल्पामा स्थगित गरिएको र आर्थिक सहयोग नदिन नलिन संवन्धित पक्षलाई जानकारी गराइएको छ । पार्टीको नाम लिएर केहीे आर्थिक लगायतको गतिविधि मच्चाएर पार्टीलाई वदनामित बनाइरहेको हुदा त्यस्तालाई कडा भन्दा कडा कारबाही गर्न पार्टी सधै योग्य र तत्पर रहेको र त्यस्ता गलत तत्वहरूवाट सचेत हुन सबैमा अपिल समेत गरिएको छ ।