प्रधानमन्त्री ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हाटाए

काठमाडाैं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले देव गुरुङलाई (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट हटाउनु भएको छ ।

ओली समुहको (नेकपा)संसदीय दलको बैठकले गुङलाई प्रम्ख सचेतकबाट हटाएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनु भयो । प्रधानमन्त्री ओलीले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी विशाल भट्टराईलाई दिनुभएको छ ।

गुरुङ प्रचण्ड-नेपाल समुहको नेकपा समुहका नेता हुनुहुन्छ । आन्तरिक किचलोका कारण नेकपा दुई समुहमा विभाजित छ ।