भन्छन् सबै मेरै कामका कुरा भन्दा नामका कुरा धेरै ।

बिरसिङ वली, रोल्पा ०७८ असार

सामाजिक संजाल को आकर्षक प्रयोग र धान दिवस

पछिल्लो समय धेरै प्रयोगकर्ता रहेका सामाजिक संजाल (सूचना सम्प्रेषण ) को बलियो आधार सहि सूचना को हक को रुपमा व्यवस्था गरेपनी सबल भन्दा धेरै नकारात्मक प्रवृत्ति मा प्रयोग गर्नेको लहर ह्वात्तै  बढदै गएको पाइन्छ । सार्वजनिक पोस्टहरुमा पनि कति सत्यता र कति असत्यता लुकेको छ  । मन्त्री देखी पि ए सम्म निरक्षर देखि बि ए सम्मकाले पनि विभिन्न समयमा यस्तो क्रियाकलाप गर्दै आएका छन । सम्पुर्ण नागरिकले सूचना पाउनु नैसर्गिक अधिकार र मौलिक हक हो तर असत्य, गलत आदानप्रदान होइन ।

नेपालमा २०६१ देखि असार १५ गतेलाई धान दिवसको रुपमा मनाउदै आएको छ । देशका विभिन्न स्थानमा रोपाइ सुरुहुने र कतै धमाधम रोपाइ भइरहने समयलाइ मध्यनजर गरि किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ । पछििल्लो केेही वर्ष यता  यो दिवसका अवसरमा काम गर्ने किसानहरूको पिडा भुलाउने भन्दा नाम चलाउने को सङ्ख्या उल्लेखनीय रहेको संजालमा देखिन्छ । साधारण तथा वास्तविक किसान को मूल्य र पसिना सङ नक्कली किसानले ( असभ्य उछरिङ्खल तस्वीर/ भिडियो) पर्दर्शन गरि अस्लिल्ता समेत सामाजिक संजाल बाट फैलाइरहेको प्रष्ट देखिन्छ र सुन्न सकिन्छ । वर्ष भरी दुख गर्ने किसानको भावनाअनुरूप हिलोमा अनैतिक क्रियाकलाप गरेको देख्दा किसानको धज्जी उडाएझै गर्दा वास्तविक किसान को महत्त्व खुकुलो भै ओझेलमा पर्ने गरेको किसानहरू बताउछन्  ।

यो दिवस मा मात्र नभई  पछिल्लो समयमा धेरै क्षेत्रमा काम  भन्दा धेरै   भ्रमयुक्त प्रचार गर्नेको होडबाजी चलेको देखिन्छ । जस्ले गर्दा जनतामा भ्रम र देशमा भ्रष्टाचार मौलाउदै गइरहेको अनुमान गर्न सहजै सकिन्छ ।

नेपालमा करिब १८% जमिन खेतीयोग्य मानिन्छ जहाँ ३६५ दिन देशका प्रायः स्थानमा खेत बारीमा कामगर्ने किसान को वास्तविकता र चर्चा परिचर्चा भन्दा एक दिन तस्बिर कैद गर्न गएका हरुको ताती र नानाभाती देख्दा किसान लाई अस्वभाविक तिर इङ्कित गरेको जस्तो लाग्ने किसानहरु को भनाइ  छ । हुनत पछिल्ला दिनहरूमा धेरै जसो गतिविधि काम भन्दा नाम मै ब्यस्त छन । यो सूचना सम्प्रेषण हुनु झट्ट बुझ्दा सान्दर्भिक पनि हो । सूचना आदानप्रदान हुन आवस्यक पनि छ जस्ले समुदाय र ब्याक्ती मा सहि सूचना प्रदान गरोस तर  वास्तविकता कम हुने हुदा यस्को विस्वास गुम्दै गएको भन्ने धेरै को तर्क छ ।सरकारी देखि गैरसरकारी र निजि क्षेत्रमा पनि यस्तो प्रवृत्ति बढी नै मौलाएको छ । यसको कारणले जति हुनुपर्ने हो त्यो कामकारबाहीमा प्रत्येकक्ष असर गर्ने गरेको धेरै उदाहरण हरु पाइन्छन् । यस्तो सक्रिय संजालहरुमा फेसबुक, टिकटक, भाइबर, युटुब आदि प्रयोग गरि गलत अफवाह फैलाउने हरुको पनि कमि छैन । यस्को प्रयोगलाई लोकतान्त्रिक भन्दै अस्लिल्ता अराजकतामा नियन्त्रण गर्ने निकायले अन्धोपन देखाउने हो भने विकराल रुप लिन सक्ने प्रचुरता देखिएको छ ।

वास्तविकता कुरमा लुक्ने चलन आयो कस्तो ,                सक्कली पो दुरमा चुक्ने चलन आयो कस्तो ।

प्रसङ्ग त अनेक थरी या त ज्यानै जावस बरु,                  फोटो हाल्ने सुरमा पुग्ने चलन आयो कस्तो ।  ?

के हो फेसबुक ?                                                  एक निजीरूपमा सञ्चालित सामाजिक सञ्जाल हो, जुन फेसबुक निगमको स्वामित्वमा रहेको हुन्छ । प्रयोगकर्ताहरूले एक अर्कासँग साथी बन्न र सन्देश पठाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् । जस्मा सहि सूचनालाई पोस्ट गरि आदानप्रदान समेत गर्न सकिन्छ । मार्कजुकर वर्ग ले सन २००४ मा निर्माण गरि विश्वभर प्रयोगमा ल्याएका हुन अहिले प्रतिबन्धित देश बाहेज  करिब १४० भासामा संचालित छ ।

टिकटक के लाई भनिन्छ ?                                       एक प्रख्यात चिनियाँ श्रव्य दृश्य साझेदारी गर्ने सामाजिक सञ्जाल सेवा हो । यसको सेवाको स्थापना सन् २०१२ मा झाङ यिमिङले गरेका थिए ।

निष्कर्श:                                                          यस्को  सहि प्रयोगले कतिको जीवन शैली नै परिवर्तन गरेको र समस्यामा परेका हरुको उद्दार दबेका प्रतिभा बाहिर पनि आएका छ्न ।  धेरै असीमित भै यस्ता अनैतिक कार्य बढेकोले विश्वका थुप्रै देशहरूले यस्ता संजाल ब्यान्ड/ बन्द वा रोक लगाएका छ्न । दर्शकलाई आकर्षण गर्न र भ्युज बढाउनलाई समाजमा अपच र असभ्य क्रियाकलाप गर्ने हो भने र नियन्त्रण नियमन गर्ने निकायले ध्यान नदिने हो भने सामाजिक सभ्यता र अराजकताको अफवाहले सहिष्णुता र सभ्यता स्खलित भइ किनारा लाग्ने प्रचुर  सम्ब्भ्भावना देेेेखिन्छ ।त्यसैले सहि प्रयोग सहि सदुपयोग मा ध्यान दिउ ।