सुनछहरी गाउँपालिकाले सहिद परिवारलाई नि:शुल्क कपडा वितरण गर्‍यो ।

टेकमन बिष्ट

पुस ३० रोल्पा । सुनछहरी गाउँपालिकाले ७ वटै वडालाई सहिद परिवार,तथा अपाङ्ग परिवारलाई आज नि:शुल्क कपडा वितरण गरेको छ समृध रोल्पा फाउन्डेसनको आर्थिक सहयोग तथा सुनछहरी गाउँपालिकाको व्यवस्थापन मा समृध रोल्पाको आयोजनामा ७ वटै वडामा ४२० जनालाई कंमल दिइएको थियो भने सुनछहरी गाउँपालिका भित्रका क्लबलाई एकन्सेत खेलकुद सामाग्री दिइएको सुनछहरी गाउँपालिका का अध्यक्ष धनबहादुर पुनले बताउनुभएको छ । बिश्व जनयुद्ध कालमा आफ्नो छोरा,छोरी,श्रीमान,श्रीमतीले ज्यान घुमाएका साथै त्यतिबेला अपाङ्ग भएका घर परिवारलाई कपडा दिई सहयोग गरिएको गाउँपालिका का अध्यक्ष पुनले बताउनुभयो छ । कपडा वितरणमा सुनछहरी गाउँपालिका का अध्यक्ष धनबहादुर पुनमगर,उपाध्यक्ष ननकला घर्ती, प्रमुख प्रशासकीय अधिकृत लालसिंह खड्का, वडा अध्यक्षहरू, कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।