भावाङ स्वास्थ्य चौकीमा ल्याव परिक्षण शुरु ।

पुस २२ रोल्पा । रोल्पाको माडी गाउँपालिका वडा नम्बर ५ मा रहेको भावाङ स्वास्थ्य चौकीमा ल्याव परिक्षण कार्य सुचारु भएको छ ।

वडा अध्यक्ष एवम् स्वास्थ्य व्यबस्थापन समिति अध्यक्ष तेजेन्द्र बुढामगरको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिगारको प्रमुख आतिथ्यता रहको थियो । कार्यक्रममा पुर्व वडा अध्यक्ष भरत बहादुर बुढामगरको समेत उपस्थिति रहेको थियो । ल्याव परिक्षण सामाग्री गत आर्थिक बर्षमा नै लिएको भएपनि समाग्री व्यबस्थापनको कारण केहि ढिला गरी गाउँपालिका अध्यक्ष घर्तिगरले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तिमगरले स्वास्थ्यमा सहि रोग पत्ता लगाइ उचित उपचारको लागि ल्याव परिक्षण अति आवश्यक रहेको बताउनुभएको थियो । स्वास्थ्य क्षेत्र अति संवेदनशील भएको र उक्त क्षेत्रमा आफु निरन्तर लागिरहेको बताउदै अध्यक्ष घर्तिमगरले आगामी दिनमा सेवा बढाउन आफु प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीयले खुशी व्यक्त गरेको थिए । कार्यक्रमको संचालन स्वास्थ्य कर्मी आश कुमारी बिकले गर्नु भएको थियो ।