माडी गाउँपालिका पञ्जीकरण सेवा इकाइको आयोजनामा २ दिने तालिम शुरु ।

बुद्धिमान वली रेडियो माडी आवाज घर्तिगाउँ रोल्पा ।
पौष २३, रोल्पा । रोल्पाको माडी गाउँपालिका पञ्जीकरण सेवा इकाइको आयोजनामा २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट घर्तिगाउँमा शुरु भएको छ ।
गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर ( मित्रमणी ) को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका प्रबक्ता रेग बहादुर मल्ल, वडा नम्बर ५ का वडा अध्यक्ष तेजेन्द्र बुढामगर, वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर बुढामगर, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती , गाउँपालिका अन्तर्गत रहेका ६ वटै वडाका वडा सचिवहरु, नेपाल बैक लिमिटेड घर्तिगाउँ शाखाका प्रबन्धक झपट सोडारीलगाएतको उपस्थिति रहेको थियो । तालिममा सामाजिक सुरक्षा भत्तालाइ कसरी व्यबस्थित तरिकाले बितरण गर्ने भन्ने बारेमा आज बैंकका प्रमुख तथा प्रतिनिधिसँग छलफल भएको छ भने वडा सचिवलाइ पञ्जीकरणको काम पर्दा आएका समस्याका बिषयमा समेत छलफल भएको छ ।
दुइ दिनसम्म चल्ने तालिममा प्रबिधिको बारेमा जानकारी र कानुनी जटिलताको बिषयमा परामर्श दिनुका साथै सामाजिक सुरक्षा भत्तालाइ सरल तरिकाले कसरी जनताको बैंक खातामा राख्न सकिन्छ भन्ने बारेमा जानकारी दिइने आयोजकले बताएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष घर्तिमगरले प्रशासन सेवाका कर्मचारीको अभावले प्राबिधिक क्षेत्रका कर्मचारी खटाएको भएपनि सेवाको हिसावले जनतामा सहज हुनेगरी काम गर्न निर्देशन दिनुभएको छ । प्रबिधिक कर्मचारी भएकाले काममा केहि असहज हुने देखेपछि नै प्रशासनिक तथा प्राबिधिक ज्ञानको लागि यो तालिमको आयोजना गरेको बताउदै अध्यक्ष घर्तिमगरले जनताको घरदैलो मै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सकिने सम्भाव्यताको बारेमा पनि यस तलिमबाट ठोस निष्कर्ष यस निर्देशन दिनुभएको थियो ।
तालिममा वडा अध्यक्षहरुको पनि सहभागिता रहेकोले वडामा आउने समस्यालाइ सबैले हल गर्ने र सहजीकरण हुने सहभागी वडा सचिवले आशा व्यक्त गरेका छन ।