माडी गाउँपालिका रोल्पाको हिउँदे अधिवेशन २८ पुसमा हुने ।

बुद्धिमान वली रेडियो माडी आवाज घर्तिगाउँ रोल्पा ।
माडी गाउँपालिका रोल्पाको दोस्रो गाउँसभा तथा दोस्रो अधिवेशन (हिउँदे अधिवेशन) पुस २८ गते हुने भएको छ ।
गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्तिमगर (मित्रमणी)काे अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले पुस २८ गते बिहान ११ ३० बजे २ नम्बर वडाकाे सभाहल घर्तिगाउँमा हिउँदे अधिवेशन गर्ने निर्णयका साथ विभिन्न प्रस्ताव माथी छलफल गरि पास समेत गरेको छ ।
बैठकले आर्थिक वर्ष २०८०÷०८१ का लागि संघीय समपूरक अन्तर्गत र प्रदेश समपूरकका लागि योजना माग गर्ने निर्णय समेत गरेको माडी गाउँपालिकाका प्रवक्ता रेग बहादुर मल्ले जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले आगामी गाउँसभा तथा दोस्रो अधिवेशन (हिउँदे अधिवेशन) मा आर्थिक वर्ष २०७९÷०८० को योजना तथा कार्यक्रममा संसोधन तथा रकमान्तर, विभिन्न प्रतिवेदन प्रस्तुति , विभिन्न समितिहरुको गठन, कानुनहरुको विधेयक प्रस्तुति र अन्य विविध विषयहरु माथि छलफल गर्ने कार्य सुची तय गरेको प्रवक्ता मल्लले जानकारी दिनुभएको छ ।