रोल्पामा पनि भेेटियो पहिलो पटक तीन जनामा कोरोना पोजेटिभ

जेष्ठ २५ आइतबार ।

रोल्पामा पहिलो पटक कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । यस अघि आरडिटि (RDT) परिक्षण नेगेटिभ आएको उनिहरुमा नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा २ जना र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १ जना गरी जम्मा ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यहि जेष्ठ १२ गते भारतबाट आएर सुनिलस्मृती गाउँपालिकाको क्वारेन्टिनमा बसेका उनिहरुको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनिहरु सुनिलस्मृती गाउँपालिका वडा नं. ५ र ६ का २०, २२ र २७ वर्षका युवकहरु रहेकाा छन । प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका डा. प्रकृती भट्टाईका अनुसार उनिहरुलाई सदरमुकामस्थीत जलजला बहुमुखी क्याम्पसमा तयार गरिएको आइसोलेसन कक्षमा ल्याउने तयारी भइरहेको छ ।