गङगादेव गाउपालिका रोल्पाद्वारा खानेपानी योजनाको अनुगमन

जेष्ठ २९ बिहिबार ।

गङगादेव गाउपालिका रोल्पाद्वारा खानेपानी योजनाको अनुगमन गरिएको छ ।
गङगादेव गाउपालिका रोल्पाका उपाध्यक्षएवम् अनुगमन समिति सयोजक रिता घर्तिको नेतृत्वमा गङगादेव ३को “धाराखोला सोलार लिफ्ट खानेपानी” आयोजना अनुगमन गरिएको हो । उक्त योजनाको निर्माण कार्य ६५% काम सकिएकाले आज गङगादेव गा.पा. रोल्पाका उपाध्यक्ष (अनुगमन समिती संयोजक) रिता घर्ती ३ न. वडा अध्यक्ष जलेस के.सि. तथा कार्यपालिका सदस्य टीका बि.क. गाउपालिका योजना शाखा प्रमुख कृष्ण बहादुर घर्ती, प्राबिधिक शाखा प्रमुख इन्जिनियर नवीन डागी लगाएत प्राबिधिक टोलिले फिल्डमै आएर काम कार्यको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा गाउपालिका उपाध्यक्ष एवम् अनुगमन समिति सयोजक रिता घर्तिले लकडाउनको अबधिमा पनि लिफ्ट खानेपानी आयोजनाको काम संतोषजनक रहेको र बाकी काम सामाजिक दुरि कायम गरेर गर्न शुझाव समेत दिनु भएको छ ।

उक्त आयोजनामा गाउँपालिकाले रु. सात लाख (७,००,०००/-) पैसा सहयोग गरेको छ भने नेपाल सरकार उर्जा मन्त्रालय अन्तर्गत “बैकल्पिक उर्जा प्रबर्धन बोर्ड ललितपुर” आयोजना स्थल सर्बे तथा DPR गरि रु. पन्ध्र लाख (१५,००,०००/-) बराबरको सोलार, पानी तान्ने मोटर पम्प , GI पाइप बराबर सहयोग गर्ने सम्झौता पनि गरिसकेको छ अनि स्थानिय जनश्रम दान पर घर धुरी १४/१४ दिन श्रम दान गर्नु भयको छ ! करिब २६ लाख भन्दा बढी लागतमा यो आयोजना निर्माणकार्य गएको बैशाख सम्म सकाउने लक्ष्यमा द्रुत गतिमा काम अगाढि बढाउदा बढाउदै Covid -१९ (कोरोना भाइरस) ले रोकिन पुगेको थियो अब चाडैं निर्माण कार्य यहि आर्थिक बर्ष २०६६/७७ मा सम्पन्न हुने भएको छ ।