भाडाका घरमा संचालित आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवन भन्दै

जेष्ठ ३२ आइतबार।

गङगादेव गाउपालिका रोल्पामा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ करोड १६ लाख ६० हजार ७४० बजेटमा ३ वटा आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवन निर्माण हुने भएका छ्न । गङगादेव गाउपालिका वडा नम्बर ५ को आधारभुत स्वास्थ्य केन्द्र रहेको लोदचवरमा ३८ लाख ८६ हजार ९२० लागतमा उपभोक्त समिति मार्फत निर्माण कार्य सुरु गरिएको छ । गङगादेव गाउपालिका प्राबिधिक शाखाले २ तला ,२ वटा सौचालय सहित ६ कोठाको स्टेमेट गरेको इन्जिनियर नवीन डागिले बताउनु भएको छ । उक्त भवन निर्माण गर्दा उपभोक्तले १०% श्रम दान गर्नु पर्ने छ । तेसै गरि गङगादेव गाउपालिका वडा नम्बर ६ को आधारभूत स्वास्थ्य केन्द्र गोर्जलेमा ३८ लाख ८६ हजार ९२० लागत आधारभुत स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण कार्य सुरु गरिएको छ ।उक्त भवनको २ तला ,२ सौचालय सहित ६ कोठाको स्टेमेट गरिएको छ । यसै बिच गङगादेव गाउपालिका वडा नम्बर ३को आधारभुत स्वास्थ्य केन्द्र कुकुर गारेमा पनि ३८ लाख ८६ हजार ९२० लागतमा स्वास्थ्य केन्द्रको पक्की भवन निर्माण कार्य छिटै सुरु हुने वडा नम्बर ३ का अध्यक्ष जलेश कुमार केसिले बताउनु भएको छ । गङगादेव गाउपालिका रोल्पाले आर्थिक बर्ष ०६७/०७७ मा घर भाडामा लिएर वडा नम्बर ५ लोद चवर , वडा नम्बर ६ को गोर्जलेखोला र वडा नम्बर ३ को कुकुर गारेमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर नियमित सेवा प्रवाह गर्दै आएको छ । घर भाडामा लिएर स्थापना गरिएका ३ वटै आधारभुत स्वास्थ्य केन्द्रका पक्की भवनको गाउकार्यपालिकाको निर्णय अनुसार उपभोक्ता समिति मार्फत काम गराउने गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीले बताउनु भएको छ । उक्त पक्की भवन निर्माणको भुक्तानी काम प्रगति बिवरणको आधारमा गरिने गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सक्कल देव यादवलाई उद्दृत गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।