गंगादेव गाउँपालिका को २०७७/७८ तर्फ नीति तथा कार्यक्रम प्रस्तुत

असार १० बुधबार

गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा भएको गाउँ सभामा जिल्ला समन्वय समिति रोल्पाका सदस्य लोक मान वलीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँ सभामा गाउपालिका उपाध्यक्ष रिता घर्ती,वडा अध्यक्ष,कार्यपालिका सदस्य ,गाउँ सभा सदस्य , राजनीतिक दलका प्रतिनिधि ,पत्रकार ,कर्मचारी ,जेष्ठ नागरिक बुद्धिजीवी सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियोे । उक्त सभामा सभाअध्यक्ष वीर बहादुर खत्रीले गाउपालिकाको नीति,कार्यक्रम प्रस्तुत गर्नु भएको थियोे । उहाले शिक्षा ,स्वास्थ्य र कृषि लाई पहिलो प्राथमिकता दिएको बताउनु भएको छ ।
सभाअध्यक्षको रुलिङमा गाउपालिका उपाध्यक्ष रिता घर्तिले आर्थिक बर्ष २०७७/०७८का लागि ३५ करोड ८३ लाख १५ हजार ९ सय चालीस बजेट प्रस्तुत गर्नु भएको हो । कुल बजेटबाट चालू तर्फ ३० करोड ६० लाख ५० हजार र पुजिगत तर्फ ५ करोड २२ लाख ६५ हजार ९ सय पचास रहेको छ । पुजिगतबाट कृषि मा ९० लाख, शिक्षामा ३० लाख,स्वास्थ्य कोभिड १९ रोकथाममा ३२ लाख , पुर्वाधार बिकास ३ करोड,महिला बिकासमा १५ लाख ,संचार तथा सुचना प्रबिधि तर्फ १२ लाख, खेलकुद तर्फ २२ लाख, पशु सेवा तर्फ २० लाख बजेट प्रस्ताब गरिएको छ । उक्त बजेट निति तथा कार्यक्रममा सबै गाउँ सभा सदस्यले धारणा राखेपछी २०७७ असार १४ गते फाइनल गरिने गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई उदृत गर्दै गाउपालिका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।