माडी १ रोल्पाद्वारा महिला स्वयंसेवीका लाई प्रोत्साहन

११ फाल्गुन २०७६ माडी रोल्पा ,

माडी गाउँपालिका वडा न.१ रोल्पा ले वडा भित्रका महिला स्वयंसेवीका लाई प्रोत्साहन गरेको छ । माडी १ पेदिखोलामा १ न वडा अध्यक्ष आम बहादुर घर्ती को अध्यक्षतामा आज एक कार्यक्रमको आयोजनागरि  गाउँपालिकाको बजेट निति तथा कार्यक्रम अन्तर्गत निसर्त बजेट शिर्षकमा सामाजिक बिकास कार्यक्रम अन्तर्गत यस १ न.वडामा रहनु भएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ यातायात खर्च स्वरुप  प्रति ब्यक्ति रु ६,२५० रुपैयाँ को दरले वितरण गरिएको हो । वितरणकै अवसरमा वडा अध्यक्ष घर्तिले पुर्ण सरसफाइको अफ्नो तर्फबाट भुमिका खेल्न महिला स्वास्थ स्वयंसेवीकाहरु लाइ निर्देशन दिनु भएको थियो । वडाका जनप्रतिनिधि लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजीकरण १ न वडा सचिव  गोपाल डागीले गर्नुभएको थियोे ।