कोरोना भाइरस सम्बन्धि महत्त्वपूर्ण सन्देश

०८ फाल्गुन २०७६ रोल्पा

बिश्व भर महामारी को रुपमा फैलिरहेको कोरोना भाइरस Covid19 को कारणले मुलुक भर ज्यान गुमाउनेको सङ्ख्या दिन दिनै झन झन बढीरहेको छ । बिश्व स्वास्थ्य सङ्गठन WHO को तथ्यांक अनुसार नेपाल पनि कोरोना भाइरस को उच्चजोखिममा रहेको तथ्य सार्बजनिक गरेकोले कोरोना बाट हतोत्साहित र त्रसित भन्दा पनि सुरक्षीत हुन को लागि नियमित साबुन पानीले हात धुने गरौ,मक्स को प्रयोग गरौ,अत्यावश्यक काम बाहेक भिड भाडमा नजानौ,सकभर हात नमिलाउ,खाना राम्रोसँग धोइ पखाली खाने लगायत निर्देशन अनुसार सजकता अपनाउन महत्त्वपूर्ण देखिन्छ । विश्वमा हजारौं को ज्यान लिइरहेको कोरोना को कारण नेपाल सरकारले पनि पुर्ब सचेतना को कार्यक्रमलाई अगाडि बढायको छ । कुनै त्यस्तो सङ्का लागेमा नजीक को स्वास्थ्य केन्द्रमा तुरुन्त जाउ र खबर गरौ ।