टोल विकास संस्थाहरुलाइ सुचिकृत प्रमाणपत्र वितरण कार्यक्रम माडी २ मा सम्पन्न ।

भाद्र-१०,रोल्पा । माडी गाउँपालिका वडा नम्बर २ मा गठित टोल विकास संस्थालाइ सुचिकृत प्रमाणपत्र वितरण गरिएको छ ।                      वडा नम्बर २ का वडा अध्यक्ष ललित घर्तिमगरको अध्यक्षता एवम् माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ नम्बर वडामा गठित ७ वटा टोल विकास संस्थाहरुलाइ प्रमाणपत्र, लेटरप्याड, रजिस्टर र छाप समेत हस्तान्तरण गरिएको थियो । २ नम्बर वडामा घर्तिगाउँ, पारिवाङ, लोसेवाङ, गणेश गुफा, गल्सुका, गैरागाउँ र व्याङखोला टोल विकास संस्था गरेर ७ वटा टोल विकास संस्था गठन गरिएको छ । टोल बिकास संस्थाले गर्ने काम कर्तव्य र अधिकारलाइ स्पष्ट गरेर गाउँपालिकाले कर्यविधि बनाइ गाउँपालिकाभर नै टोल बिकास संस्था नै निर्माण भैरहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घर्तिमगरले टोलबाट नै बिकासको गति लिनको लागि गठन प्रक्रिया शुरु गरिएको बताउनुभएको थियो ।

वडा सदस्य सुरेन्द्र बुढामगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव जय बहादुर घर्तिमगरले गर्नुभएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान वलीले गर्नुभएको थियो ।