टोल विकास संस्थाका पदाधिकारीका लागि कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम माडी १ मा सम्पन्न ।

भाद्र-१० रोल्पा । टोल विकास संस्थाका पदाधिकारीका लागि कानुनी परामर्श तथा अन्तरक्रिया कार्यक्रम माडी १ पेदीखोलामा सम्पन्न भएको छ ।

माडी १ का वडा अध्यक्ष रोहित सिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा माडी १ मा गठित १४ वटा टोल विकास समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । माडी गाउँपालिकाले कार्यविधि बनाएर निश्चित अधिकारसहित टोल बिकास संस्था गठन गरिरहेको छ भने टोल बिकास संस्थाले गर्ने काम कर्तव्य र अधिकारको वारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा माडी गाउँपालिकाका कानुनी सल्लाहकार घनश्याम महराले प्रशिक्षण दिनुभएको थियो ।

वडा सदस्य अञ्जली केसी वलीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन वडा सचिव भुवन वाँठामगरले गर्नुभएको गाउँपालिकाका प्रेस सल्लाहकार बुद्धिमान वलीले जानकारी दिनुभयो ।